उसैको दिमागमा नाच्नुहोस, जसलाई दिलबाट हटाइन्छ / gazal by muna khanal `maria´

गजल
सुन्नुहोस न कहिले भरिन्छ,न कहिले अघाइन्छ
त्यही एउटा आमाको माया न हो,जो हरपल पाइन्छ।

याद गर्नु जहाँ कुनै ताल हुदैन,कुनै संगीत हुदैन नि
त्यसलाई प्रेम भनिदैन,जसलाई इसारामा नचाइन्छ।

स्वार्थिहरु बाट तिमिलाई,यसैगरी नै बचाउनु पर्छ
जसरी कमिला नलाग्न,चिनिको डब्बामा बिर्को लगाइन्छ।

महोदय केवल त्यसैको लागि,मात्र यो मुटु धड्किन्छ
हो जसको यादमा पनि,पागल झै एक्लै मुस्कुराइन्छ।

मलाई जसरी पनि उ भएको,वरिपरि ठाउँ बनाउनु छ
उसैको दिमागमा नाच्नुहोस,जसलाई दिलबाट हटाइन्छ।
✍️मुना खनाल`मारिया´

 

 

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *