कविता मार्फत `सत्ता र संविधानको ब्याख्या´

मुना खनाल
घोराही, फागुन १। शनिवार घोराहीमा कविता मार्फत सत्ता र संविधानको व्याख्या गरिएको छ। उदाहरण समूह, नेपालको आयोजना, अध्ययन समूह, दाङ, दाङ युवा मञ्च र उदाउँदो पुस्ता, दाङको सह-आयोजनामा आयोजित ‘सत्ता र संविधान’ विषयक वहस कार्यक्रममा बोल्ने वक्ताहरुले देश र जनताको लागि सत्ता र संविधानले कार्य गर्नुपर्नेमा जोड दिएका थिए। पहिलो बहस सेसनमा शशिधर भण्डारी, डा. अमर गिरी, अनिरुद्र गिरी सहभागी हुनुभएको थियो । सो अबसरमा दोस्रो सेसन कविता वाचनमा १२ जना कविहरुले कविता वाचन गर्नुभएको थियो। कविहरु यज्ञबहादुर डाँगी, केशव थापा, क्षितिज मगर, छविलाल कोपीला, यम रेग्मी, दिपक समिर, सन्ध्या रेग्मी, चन्द्र जिएम, रमेश लम्साल, प्रेम प्रकाश, सुदृष्टि लक्ष्मी, श्रवण नेपालीले कविता वाचन गर्नुभएको थियो। समुहका अभियानता घन्श्याम अस्तित्वले कार्यक्रमको बिषय प्रकाश पार्नु भयो भने दाङ युवा मन्चका संयोजक समीर ओलिले उपस्थितहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो। बहसको सेसन प्रमोद धिताल, कविता वाचनको सेसन आशा ओलि र पुर्ण कार्यक्रमको सहजीकरण नवीन श्रेष्ठले गर्नु भएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *