दलित समुदायको कामलाई पहिलो प्राथमिकता ः चौधरी

देउखुरी, २ फागुन । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सरकारले दलित समुदायको घर निर्माणको काम सुरु गरेको बताउनुभयो । सरकारले दलित समुदायको कामलाई पहिलो प्राथमिकतामा राखेको सदस्य चौधरीले बताउनुभयो । शुक्रबार दलित सशक्तीकरण अभियान गढवाको प्रथम वार्षिक साधारणसभा कार्यक्रममा सदस्य चौधरीले बर्तमान सरकारले दलित समुदायलाई खोजेर उनिहरूको समस्या समाधान गर्न पहिलो अग्रसरता देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, ।

‘नेपाली समाज एउटामात्र समाज हो । एउटै समाज निर्माण गर्नको लागि हामी भित्र रहेको जातीयताको बिभेदलाइ सदाको लागि अन्त गर्न आवश्यक छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूले नेपालको संविधानमा छुवाछुत मुक्त समाजको ब्यबस्था गरिए पनि ब्यबहारमा लागु गर्न नसकिएकोले कार्यन्वयनको पाटो अपनाउन सरोकारवालाहरु लाई आग्रह गर्नुभयो । कार्यक्रममा दलित सचेतना अभियान दाङका अध्यक्ष शसिराम नेपालीले संविधानमा रहेका दलितका अधिकारहरूलाई फेरि पनि कुल्जने विभेदकारी षड्यन्त्र रहेको बताउनुहुदैँ, अझै पनि दलितहरू अधिकार प्राप्तका लागि संगठित हुन जरुरी रहेको बताउनुभयो ।

जातिय मुक्ति संगठन दाङका अध्यक्ष टंक सुनार देश छुवाछूत राष्ट्र भइसकेको बेलम पनि कानुनमा लागु हुन नसकेको बताउनुहुदैँ, कार्यान्वयन र व्यवहारमा लागू नहुदा दलित भएकै कारणले अन्य नागरिक सरह बाच्न नसकेको बताउनुभयो । उहाँले दलित समुदायहरू जातीयताले गर्दा विभिन्न पीडादायि जीवन बिताउन बाध्यता रहेको तर्क राख्नु भएको थियोे ।

दलित शसक्तीकरण अभियान गढवाका अध्यक्ष बेगम गहतराजको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आथित्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित चौधरीको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दलित समुदायको हक हित संरक्षण र अधिकार प्राप्तीको लागि संगठित हुनुपर्ने बताएका थए ।

कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य नारायणी शर्मा, (नेकपा) का लुम्बिनी प्रदेश सभा सदस्य राम प्रसाद गैरे,नेपाली काङ्ग्रेस जिल्ला उपसभापती हिरालाल चौधरी,नेकपा गढवाका अध्यक्ष कालिराम चौधरी,जनता समाजबादी पार्टि गढवाका अध्यक्ष जगत राम यादव,राष्टिूय जनमोर्चा गढवाका सल्लाहकार गुणनिधी शर्मा,बन तथा बाताबरण संरक्षण समन्वय समिती गढवाका उमाकान्त पन्त,नागरिक समाज गढवाका मोहन पाण्डे,चेतनशिल महिला समाज केन्द्रकि अध्यक्ष शकुन्तला डिसि,ओभा पाठक,नेपाल दलित संघ क्षेत्रीय सभापती प्रबल रसाइली,दक्षिण देउखुरी अधिकार मंञ्चका अध्यक्ष देव राज कुंवर,आम्दा नेपाल गढवाका वर्षा पाण्डे, दुख हरण यादव लगायतले बोल्नु भएको थियोे ।

साधारण सभामा अभियानका अध्यक्ष बेगम गहतराजले संस्थाको उन्नती,प्रगती र समृद्धिको लागि आर्थिक बर्ष २०७७÷०७८ को १८ बुंदे नीति कार्यक्रम तथा भावी योजना प्रस्तुत गर्नु भएको थियो । दलित शसक्तीकरण अभियानका सदस्य तुलाराम बिकको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव जयकला बिकले गर्नु भएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *