‘समृद्धिको मुख्य आधार सहकारी’

दाङ, २ फागुन । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले समृद्धिको मुख्य आधार नै सहकारी संस्था रहेको बताउनुभयो । सदस्य चौधरीले सुखि नेपाली समृद्ध नेपाल बनाउने अभियानमा सहकारी संस्थाले महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । सरकारको ध्यान आर्थिक र समृद्धि र विकासमा केन्द्रीत रहेको बताउनुहुदैँ, समृद्धिको मुख्य आधार नै सहकारी संस्था रहेको तर्क राख्नुभयो ।
शुक्रबार दिपक सामाजिक उद्यमी महिला सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा तथा अधिबेशन उद्घाटन कार्यक्रममा बोल्दै सदस्य चौधरीले समृद्धिको मुख्य आधार नै सहकारी संस्था भएकोले अर्थतन्त्रलाई सहि ढंगबाट संचालन गर्न सहकारी संस्थाका आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,। ‘देशको विकास र समृद्धिको लागि सहकारी क्षेत्रका साथै सबै मिलेर अगि बढ्न आवश्यक रहेको छ । सहकारीको पुजि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जरूरी छ ।’
कार्यक्रममा बुद्धिजीवी परिषद् दाङका प्रमुख भुमाण्डव केसीले छरिएर रहेका महिला समुदायलाई एकीकृत गरेर व्यवसायी तर्फ डोर्याउने थलो संस्था भएकोले समाजमा रहेका महिलाहरूलाई नेतृत्वमा पु¥याउने पहिलो आधारनै सहकारी संस्था रहेको विचार व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा हेफर इन्टरनेशनल जगत चौधरीले गरिबी निवारणको माध्यम र आर्थिक समृद्धिको आधार सहकारी संस्था भएको बताउनुभयो ।

सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगर (गिरी) अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथि सम्पन्न कार्यक्रममा संस्थाका सचिव निर्मला शर्माले संस्थाको वार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष अमृता गिरीले आर्थिक प्रगति प्रतिबेदन, लेखा व्यवस्थाक कृष्णी चौधरीले लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।
संस्थाका लेखा समिति सदस्य लक्ष्मी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रामरती चौधरीले गर्नुभएको थियो ।

सहकारी मार्फत सबैभन्दा गुणस्तरीय खसी विक्रि गर्न सहयोग पु¥याउने मनकामना सहयोगी समुहको शेयर सदस्य कुसुम चौधरीलाई दाना खुवाउने भाडा एकथान, उत्कृष्ट उद्यमी लोकल कुखुरा पालन व्यवसायी श्रीनारायण चौधरीलाई दाना खुवाउने भाडा, तौल मार्फत सहकारी बाट खसी बोका विक्रि गर्ने शेयर सदस्य जलजला समुहको कृष्ण घर्ती, प्रगति समुहको सम्झना गिरीलाई प्रोत्साहान पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै सहकारी अन्तरगत रहेर महिला कृषकहरुको आम्दानी श्रोत बढाउन महत्वपुर्ण भुमिका खेल्ने ३ वटा महिला सहयोगी समुहहरु सम्मानित हुँदै पुरस्कृत भएका छन् ।

जसमध्य कान्छी सहयोगी समूह उचानिम्बु पहिलो, सहासी सहयोगी समुह दोस्रो र बगारबाबा सहयोगी समूह त्यस्रो भएका थिए । कार्यक्रममा सँस्थामा रहेका जेष्ठ नागरिक श्रृजनशिल सहयोगी समुहकि रामकली चौधरीलाई दोसल्ला ओढाई प्रमुख अतिथी मेटमणीले सम्मान गर्नुभएको थियो भने सँस्थाले २ जना जेहेन्दार विद्यार्थी हरुलाई छात्रबृत्ती बितरण गरेको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *