ज्ञानज्योतिको अभिभावक भेला सम्पन्न

दाङ, २ फागुन । ज्ञानज्योति माध्यमिक विद्यालय गढवाको १८ औँ बार्षिकत्सब तथा अभिभावक भेला गढवामा सम्पन्न भएको छ ।
विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रम्भुनाथ चौधरीको सभापतित्व तथा एन प्याबसन दाङका जिल्ला उपाध्यक्ष भुमाण्डव केसिको प्रमुख अथिति तथा प्याब्सन दाङका जिल्ला सहसचिव बिकास रजौरेको बिशिस्ट आथित्यमा भएको बार्षिकत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यायलयको चौतर्फी बिकासको लागि शिक्षक, अभिभावक र बिद्धार्थी बिचको त्रिकोणात्मक सम्बन्ध र समन्वय अपरिहार्य रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती तथा एन प्याबसन दाङका जिल्ला उपाध्यक्ष भुमाण्डव केसीले बर्तमान परिबेशमा निजि बिधालय संचालनमा निकै चुनौती थपिएको बताउदै विद्यार्थीको पहिलो विद्यालय आफनो घर भएकोले हरेक अभिभावकले आफ्नो विद्यार्थीमा शैक्षिक बिकासको लागि संस्कार आवस्यक रहेकोले संस्कार युक्त शिक्षा दिनु पर्ने बताउनुभयो ।

विद्यालयको बार्षिकत्सवलाई सम्बोधन गर्दै प्याब्सन दाङका जिल्ला सहसचिव बिकास रजौरेले निजि विद्यालय समाजको सम्बाहक भएको साथै निजि विद्यालयले समाजमा गुणस्तरिय शिक्षा दिदै समाज बिकासमा अतुलनीय योगदान दिदै आएको तर सरकारले निजि विद्यालयलाई हेर्ने दृस्टिकोण बिभेदकारि रहेको बताउनुभयो ।

कार्यक्रममा शैक्षिक गतिबिधी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरुस्कृत गर्नुको साथै असल अभिभावक कृष्ण बुढाथोकी, उत्कृष्ट शिक्षिका ओम कुमारी चौधरी र पुर्ब शिक्षक हिरालाल चौधरीलाई सम्मान गरिएको थियो ।

विद्यालयका प्राचार्य दिपक यादवले प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य तथा लेखा संयोजक रिशी यादवको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको संचालन भाइस प्रीन्सिपाल रोशन धिताल र शिक्षिका येतिदेवि चौधरीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *