भ्यालेन्टटाइन डे मा दुर्लभको ‘ज्यानमारा मुस्कान’

घोराही, २ फागुन । नेपाली संगतिको क्षेत्रमा अब छिट्टै रिलिज हुन थालेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतको पोस्टर सार्वजनिक भएको छ ।
दुर्लभ के.सी.को शब्द रचनामा रहेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतमा आइएमइ लोक स्टारका विजेता शनि विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको छ ।

आशिष अविरलको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियो फागुन २ गते रिलिज गरिने भएको छ ।
पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको ‘ज्यानमारा मुस्कान’ बोलको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । माया प्रेमसँग सम्बन्धित रहेको यो गीत युवा पूस्ताका माझमा अझ बढी लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

\हाइलाइटस नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिन थालेको निर्माण पक्षले जानकारी दिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *