आयो गीतकार दुर्लभको`ज्यानमारा मुस्कान ´स्वस्तिमा र पल शाहले कसरी छरे मुस्कान ?

फल्फुन २ घोराही । नेपाली गीत/संगीतको दुनियाँमा फेरि अर्को गीत थपिएको छ, ज्यानमारा मुस्कान । आजै हाइलाइट्स नेपाल युट्युब च्यानलबाट रिलिज भएको “ज्यानमारा मुस्कान”को केही समयअघि पोष्टर सार्वजनिक भएको थियो ।

दाङका प्रतिभाशाली चर्चित गीतकार दुर्लभ केसीको शब्द रहेको “ज्यानमारा मुस्कान” बोलको गीतमा “आइएमइ लोक स्टारका विजेता शनि विश्वकर्मा र समीक्षा अधिकारीको सुमधुर स्वर समेटिएको छ । यो गीतमा संगीत संयोजन आशीष अविरलको रहेको छ ।

“ज्यानमारा मुस्कान”मा दाङकै चर्चित नायक पल शाहको दमदार अभिनय देख्न सकिन्छ । त्यस्तै अर्की चर्चित नायिका स्वस्तिमा खड्काको जीवन्त अभिनय यसमा देख्न सकिन्छ । “ज्यानमारा मुस्कान”को म्युजिक भिडियोमा यी दुई कलाकारहरुले मुस्कान छर्ने काम गरेका छन् । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् ।

मायाप्रेमको विषयवस्तु र त्यसकै सेरोफेरोमा घुमेको यो गीत युवापुस्तामाझ अझ बढी लोकप्रिय हुने अपेक्षा गीतकार दुर्लभ केसीले गर्नुभएको छ । युवालक्ष्यित उक्त गीत आज “भ्यालेन्टाइन डे”को अवसरमा सार्वजनिक गरिएको हो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *