प्रधानमन्त्रीको प्रश्न- जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक भयो?

काठमाडौँ, फागुन ३। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जान आफूले चालेको कदम लोकतान्त्रिक भएको दाबी गर्नुभएको छ। सिंहदरबारमा सरकारको तीन वर्ष पूरा भएको अवसरमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्रीले सो कुराको दाबी गर्नुभएको हो ।प्रसे ब्रिफिङमा उहाँले भन्नुभयो, ‘जनताले दिएको मत अनुसार मैले सरकारको नेतृत्व गरिरहेको छु । जनताका आकांक्षा अनुसार काम गर्न केही शक्तिले मलाई काम गर्न दिएनन् । त्यसैले मैले पुनः जनताको मत लिन चाहेको हो । जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक भयो? कसरी प्रतिगमन भयो?’

उहाँले आफूले चालेको कदम जनादेशको अपमान नभई जनादेशको सम्मान बताउँदै भन्नुभयो, ‘निर्वाचनमा पराजित हुने र उही व्यक्ति झ्यालबाट जस्केलाबाट छिरेर प्रधानमन्त्री बन्ने परिपाटी बन्यो । विगतका ती कुराहरुलाई सम्झेर नै ती अस्वस्थ क्रियाकलाप नहुन भन्नका लागि मैले यो कदम चाल्नु परेको हो ।’

प्रधानमन्त्री ओलीले संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफल नै नचलाइएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

उहाँले आफूविरुद्ध संसदीय दलमा वा संसदीय दलको उपनेतासमक्ष समेत कुनै उजुरी नभएको दाबी गर्नुभयो । केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले पछिल्लो कदम चालेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुर”देखि नै सरकार सञ्चालनमा केही अप्ठ्यारा थिए, काममा व्यवधान खडा गरिएको थियो । पछिल्ला एक वर्षदेखि झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलीय गठबन्धनको सरकारको जस्तो नियति व्यहोर्नु पर्‍यो ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *