आज १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना निको

  • काठमाडौं, फागुन ३। नेपालमा आज १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँग्ै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १४४ जना निको भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।अब नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५५ पुगेको छ ।नेपालमा हालसम्म २१ लाख २० हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५४१ जनाको परीक्षण गरिएको छ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *