दाङमा लागुअाैषध अफिमसहित एक जना पक्राउ

दाङ, फागुन ४। दाङमा लागुऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका वडा न ५ का ३८ वर्षिय प्रकाश घर्ती रहेका छन् ।

उनलाई सोमबार साँझ ८ बजे गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ दुईखोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घर्तीको साथबाट ६ किलो १ सय ग्राम लागुऔषध अफिमसहित एक थान मोवाइल र दुईवटा परिचय पत्रसमेत प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *