एउटै घरमा मृत अवस्थामा तीन जना

गोरखा, फागुन १०। गोरखा बारपाक सुलीकोट गाउँपालिमा एकै घरका तीन जना मृत अवस्थामा भेटिएका छन्। बारपाक सुलिकोट गाउँपालिका–१ को धामीटोलको एक घरका तीन जना सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन्।इलाका प्रहरी कार्यालय जौबारीका प्रहरी निरीक्षक ईश्वर लौडारीका अनुसार एक जना वृद्ध, उनकी बुहारी र अर्की एक बालिका ९छोरीकी छोरी० मृत अवस्थामा भेटिएका हुन्। ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ मृत भेटिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।

बिहान ढिलासम्म घरको ढोका नखुलेपछि अर्को घरमा बस्दै आएकी बुहारीले ढोका खोलेर हेर्दा तीनै जना मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै लौडारीले बताउनुभयो।

मुखबाट फिज निस्किरहेको अवस्थामा शव भेटिएकाले कुनै विषक्त खानेकुरा खाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी निरीक्षक लौडारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ। प्रहरी घटनास्थल नपुगेकाले मृतकको विवरण प्राप्त भएको छैन। ‘हामी घटनास्थलतर्फ जाँदै छौ’, लौडारीले भन्नुभयो, ‘त्यहाँ पुगेपछि थप विषयमा बोल्न सकिन्छ।’ अन्नपूर्णपोष्टबाट ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *