अदालत र आयोगको निर्णय आफूहरुलाई मान्य हुन्छ: उपप्रधानमन्त्री पोखरेल

चितवन, फागुन ११। उपप्रधानमन्त्री इश्वर पोख्रेलले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूकालागि मान्य हुने बताउनुभएको छ ।

प्रेस संगठन चितवनले मंगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संसद विघटन सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय र पार्टीको आधिकारीकता आफूहरुकालागि मान्य हुने धारणा राख्नुभयो ।

यस्तै उहाँले पार्टी भित्र अन्र्तविरोधमा खेल्ने प्रवृत्तिले गर्दा अहिले यो अवस्था आएको बताउनुभयो । पोखरेलले देशलाइ अस्थिर राजनीति गर्नेहरुबाट जोगाउनु आवश्यक भएको धारणा राख्नुभयो ।

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उहाँले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिस नगर्न सबैलाई अनुरोध गर्नुभयो । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो,”यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।” उहाँले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *