पूर्व प्रधानमन्त्री डा. भट्टराई अस्पताल भर्ना

काठमाडौं, फागुन ११। जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतको नयाँ दिल्लीस्थित् यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना हुनुभएको छ। स्वास्थ्योपचारको लागि उहाँ आईतबार दिल्ली जानुभएको थियो ।भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेख्नुभएको छ, “पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *