नेपाल प्रचण्ड समुहलाई मनको लड्डु घिउसंग नखान युवा नेता साहको आग्रह

अबिसेक डाँगी /काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको नेता चन्द्र भुषण साहले नेपाल प्रचण्ड समुहका नेताहरुलाई मनको लड्डू घिउसंग नखान्न आग्रह गरेका छन् ।

मङ्गलवार सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्नुपर्ने निर्णय गरेसंगै उत्साहित भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक्ष द्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई मिठाई खुवाएर खुसियाली मनाएका छन् ।

सो घटनालाई समेत लक्षित गर्दै नेता साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन: “ताजा जनादेशले मुलुकमा स्थिरता, सुशासन, समृद्धि र विकास दिने हामीले अपेक्षा गरेका थियौं तर अपरिपक्व संवैधानिक व्यवस्था र अदालतको निर्णयले गर्दा आज केहि अराजक अस्थीरतावादीहरुको कथित विजय भएको देखिन्छ । तर सत्ता स्वार्थ, पदलोलुपता र कुर्सी मोहका कारण देशलाई नै अस्थिरताको भुमरी / चक्रव्यूहमा धकेलने महानुभावहरूलाई मेरो विशेष आग्रह छ दिल्ली अभी बहुत दुर हैं मेरे भाईजान । मनको लड्डू घिउसंग नखाएकै बेश..! चिन्ता नलिनुस् हिजो पनि हामी देशको प्रमुख शक्ति थियौं, आज पनि छौं र भोली नि हुनेछौं । पिक्चर तो अभी बाँकी हैं मेरे दोस्त..!!”
#अस्थीरतावादीहरु_मर्दावाद !
#स्थिरतावादीहरु_जिन्दाबाद !

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *