ओलीले नहारेको हारलाई जीतको रूपमा बुझ्नु गलत

काठमाडौं । सर्वोच्च अदालतको फाल्गुण ११ को संसद् पुनर्स्थापनाको फैसलाका वारेमा विभिन्न टीकाटिप्पणी पढिएका र सुनिएका छन् । कसैले यसलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सच्चाइएको र जनताको जीतको रुपमा बुझेका छन् भने कसैले यो फैसलाले जनता, नेताको वीचमा विभाजन गर्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रस्थान विन्दुको रुपमा बुझेका छन् । कहिलेकाहीँ राजनीतिमा अनपेक्षित घटनाहरू घट्छन् । जसका आफ्नै दूरगामी महत्त्व हुन्छ ।तर हिजोको सर्वोच्चको फैसलालाई कसैले पनि जीत हारको अर्थमा बुझ्न आवश्यक छैन । किनकि यहाँ प्रधानमन्त्री ओली हार्नु भएको छैन । उहाँले राजनीतिक स्थिरताका लागि जनताको ताजा जनादेश लिने घोषणलाई एक कदम पछाडि धकेलिएको मात्रै हो । त्यसैले प्रधानमन्त्री ओलीले नहारेको हारलाई उहाँका विरोधीहरूको जीतको अर्थमा बुझे भने यो गलत साबित हुनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *