व्यवसायीलाई करदाता शिक्षा

दाङ, १३ फागुन ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरीक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा बुधवार घोराहीमा करदाता शिक्षा तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरीक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला र कर अधिकृत नारायण रिजालले व्यवसायीहरुलाइ कर बारेमा जानकारी दिनु भएको थियो । उहाहरुले व्यवसायीहरुले हिसाव किताव कसरी राख्ने, दर्ता विना व्यवसाय गर्दा हुने कारवाही, मिस म्याचको समस्या, हिसाव किताव राम्रो संग राख्न नसक्दा हुने समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनु पर्ने विषय र व्यवसायहरुलाइ पर्ने समस्या लगाएतका वारेमा जानकारी दिनु भएको थियो । व्यवसायीहरुलाइ आफुले गरेको व्यवसायको हिसाव किताव चुस्त दुरुस्त राख्न समेत आग्रह गरेका थिए । आफुहरु व्यवसायीहरुलाइ जरिवना तिराउनु भन्दा पनि सचेतनालाई प्राथमिक्ता दिएर अगाडि वढेको बताए । व्यवसायीहरुलाइ केही समस्या भए जुन सुकै समयमा जानकारी दिन तयार रहेको उनीहरुले बताएका थिए । सहभागिहरुले आफुलाइ लागेका जिज्ञासा राखेका थिए ।

 


कार्यक्रममा घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकले तिरेको कर नागरिकको विकासमा नै खर्च हुने बताए । त्यसैले कर करले नभइ रहरले तिर्नु पर्ने उनको भनाइ रहेको छ । करको विषयमा हेर्ने दृष्ट्रिकोण परिवर्तन जरुरी रहेको चौधरीले बताए । कर लिने प्रणाली पहिले भन्दा अहिले परिवर्तन हुदै गएको बताए । पश्चिमा अञ्चल हाडवेयर प्रालिका अध्यक्ष ओमभक्त वुढाथोकीले कर रहले तिर्ने बातावरण व्यवहारीक रुपमा लागु गर्नु पर्ने बताए । ‘नाराले मात्र हुदैन व्यवहारीक रुपमा कार्यान्वय हुन आवस्यक छ ’ उनले भने । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । संघले व्यवसायीहरुलाई सहजताका लागि सहयोग पुगोस भनेर विभिन्न समयमा कर शिक्षा तथा अन्य तालिमकहरुको समेत आयोजना गदै आएको छ । यस कार्यलाई निरन्तरता दिने समेत संघले जनाएको छ ।
सो अवसरमा आन्तरीक राजस्व कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७५÷ ७६मा जिल्लामा सबै भन्दा वढी कर तिरेको भन्दै पश्चिमा अञ्चल हाडवेयर प्रा लिका अध्यक्ष ओमभक्त वुढाथोकीलाई प्रमाण पत्र र खादाले सम्मान गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *