कम्युनिष्ट नै कांग्रेसलाई प्रधानमन्त्री बनाउन हिड्नु जनमतको अपमान र दुर्भाग्यपूर्ण : लालबाबु

काठमाडौं । नेकपाको कुनै पनि पक्षमा नलागी बस्नुभएका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड–माधव पक्षको तयारीप्रति असहमति जनाउनुभएको छ।

पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दौडधुप गर्नु जनमतको अपमान र दुर्भाग्यपूण भएको बताउनुएको छ।

पण्डितले भन्नुभयो, ‘बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।’

उहाँले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने बताउनभुयो । उहाँले भन्नुभयो, ‘अहिले म अलिकति सरसल्लाहमा छु, एक दुई दिनमा मेरो खेमा प्रष्ट हुनेछ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *