कांग्रेस नेता नवीन्द्रराज जोशी खतरामुक्त

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । अचनाक स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै वीर अस्पताल लगिएको उहाँलाई मस्तिष्कघात भएको बताइएपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरी मष्तिष्कमा जमेको रगत निकालिएको छ ।

हाल उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको विद्यार्थी नेता यूपी लामिछानेले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *