सडकमा कराउँदैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, हिम्मत भए अविश्वास प्रस्ताव लिएर आउनू : पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिनुहुनेभन्दै नेकपा प्रचण्ड–माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिनुभएको छ ।

अनेरास्ववियुले काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छरु अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।’

सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको बताउँदै पोखरेलले आफहरु ‘अदालतको निर्णयलाई कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सबैभन्दा ठूलो अदालत भनेको जनता नै भएको बताउनुभयो ।

ओली नेतृत्वको नेकपा सग्लो भएकाले जस्तोसुकै परिस्थिती आएपनि लड्न सक्ने उहाँले बताउनुभयो । उहाँले बताउनुभयो, ‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ।’

आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बन्नु भन्दै जाने व्यक्ति कम्युनिस्ट पार्टीको नेतृत्व हुन नसक्नेबताउँदै उहाँले ‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च नभएको बताउनुभयो । जनताको पक्षमा जाने निर्णयविरुद्ध लाग्नेहरु कम्युनिस्ट हुनै नसक्ने पनि उहाँले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *