मिस्टर दाङ सिजन 2को उपाधि घोराहीका जिटिसन वलिलाई

फाल्गुन१५,दाङ। सयपत्री फाउन्डेसनद्वारा सञ्चालित मिस्टर एण्ड मिस दाङ सिजन 2 को उपाधि घोराहीका जिटिसन वलिले हात पार्नु भएको छ।फाल्गुन ११ गते घोराहीको होटेल माला ईनमा सम्पन्न भएको प्रतियोगिताबाट मिस्टर दाङको उपाधि जिटिसन ओलिले हात पार्नु भएको हो।

अब आफ्नो लक्ष्य मिस्टर नेपाल हुने वलिले बताउनु भयो।घोराहीको गोर्खा स्कुलमा कक्षा ११मा अध्ययन गरिरहनुभएको वलिले आफ्नो पढाई संगै मोर्डिलिङलाई पनि संगै बढाउने उहाले बताउनु भयो।मिस्टर दाङ बन्नु भएको वलिलाई ट्रफी ,एक बर्षसम्मको लागि मोर्डिलिङ कन्टेन्ट र मिस्टर मल्टि मिडियाको सम्मान गरिएको हो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *