सर्वोच्चको फैसलाको उच्च सम्मान गरेका छौँ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने दाबी गर्नु भएको छ ।

दूरदृष्टी तथा उच्च मनोबलका धनी नेता केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार त्यति कमजोर छैन कसैले हल्ला गर्दैमा या प्रयत्न गर्दैमा ढलिहाल्ने होइन– मन्त्री गुरुङले भन्नुभयो ।
काठमाडौँमा भएको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को २७औँ वार्षिक साधारण सभाको उद्घाटनको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले विकास र समृद्धिको नारासहित काम गरिरहेको सरकारलाई अवरोध गर्न थालेपछि नयाँ जनादेशको लागि प्रतिनिधिसभा विघटनको सिफारिस गरिएको तर त्यसलाई सर्वोच्चले उल्टाएपछि सरकार नयाँ परिस्थिति अनुसार नै अघि बढेको मन्त्री गुरुङले बताउनुभयो ।
उहाँले हामीले सर्वोच्चको फैसलाको उच्च सम्मान गरेका छौँ र सोही अनुसार प्रतिनिधिसभामा वर्तमान परिस्थितिको उच्च मनोबल र एकताका साथ सामना गर्छौ भन्नुभयो  ।
सरकार डिजिटल फ्रेम वर्क प्रविधि अनुसार अगाडि बढिरहेको र सोही अनुसार फेसलेस, पेपरलेस अभियानमा सक्रिय रहेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले त्यसको लागि क्यानको सहयोगको आवश्यक रहेको बताउनुभयो । सरकारले सुरु गरेको नागरिक एपले अब सबै काम आफ्नो मोबाइलबाटै सम्भव हुने अवस्था बनेको उहाँले बताउनुभयो । \
सरकारले हिमाल, पहाड र तराई सबै क्षेत्र र भूगोलमा इन्टरनेटको पहुँच विस्तार गरेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले प्राविधिक रुपमा हिमाली तथा पहाडी क्षेत्रमा केही समस्या रहेको भए पनि क्यानलगायतका संस्थासँग मिलेर त्यस्ता समस्या समाधान गरिने बताउनुभयो ।
उहाँले इन्टरनेटको मूल्य महँगो भएको गुनासो सुनिएकोले त्यसमा कम गर्न ट्याक्स घटाउने या अरू के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको पनि जानकारी दिनुभयो ।
देशका हरेक विद्यालयमा कम्प्युटर पुगेको भए पनि इन्टरनेटको पहुँच र प्राविधिक कठिनाइका कारण त्यसको उपयोग नभएको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले त्यसको समाधानको लागि सरकारले प्रयत्न गरिरहेको बताउनुभयो  ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *