पार्टी समाप्त पार्ने प्रचण्ड–माधव मिसन, आफ्नैबिरुद्ध विपक्षीसँग गुहार

काठमाडौं । प्रचण्ड–माधव गुटका दुइ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको राजनीतिक मिसन के हो खुल्दै गएको छ । एकजना अन्तरिम अध्यक्ष र अर्का अन्तरिम अध्यक्षका ल्याइते अध्यक्ष मिलेर निर्वाचित अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध छेडिएको जेहाद्को निश्कर्ष भने नेकपा समाप्त पार्नु रहेको झन प्रष्टसँगै खुल्यो ।

प्रथम अध्यक्ष र स्वप्नद्रष्टा प्रधानमन्त्री ओलीले विकास र समृद्धि लक्षित मिसन अघि बढाइरहेका बेला एकाएक दुबै पदबाट राजिनामा माग्नुले नै उहाँहरु पार्टी ध्वस्त र सरकारलाई असफल पार्न चाहनुहुन्छ भन्ने संकेत देखिएकै थियो । तर अहिले प्रतिनिधिसभा पुनःस्थापनापछि जसरी प्रचण्ड–माधव शेरबहादुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दै बुढानिलकण्ढ पुग्नुभयो, त्यसले उहाँहरुको राजनीति आत्माघाती रहेको छताुछुल्ल भयो । उहाँहरुले देउवालाई प्रधानमन्त्री बनिदिन अनुनय विनयमात्र गर्नुभएन, जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर लगायतलाई देउवा सरकारमा सहभागि हुन समेत आग्रह गर्नुभयो ।

आफ्ना अध्यक्ष ओलीको सफल सरकारबिरुद्ध बिपक्षी र त्यो पनि गन्हाएका र यसअघि सरकार संचालनमा असफल भएका नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउन लाग्नु र त्यसका लागि घरघर धाउनुले नेकपा नेता र कार्यकर्ता भने लज्जित भएका छन् । माधव गुटकै पूर्वमन्त्री लालबावु पण्डितको पछिल्लो प्रतिक्रिया त एक उदारणमात्र हो, संकेतमात्र हो, माधव प्रचण्ड गुटमा थुप्रै सांसद प्रचण्ड र माधव नेपालका पछि लागेकोमा पश्चताप गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री तथा प्रथम अध्यक्षलाई भेटेर आफूहरु मुलधारमै रहेको र देउवालाई प्रधानमन्त्री बनाउने गलत मिसनमा नरहेको बताइसकेका छन् ।

मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय उल्टाइदिएपछि प्रचण्ड र माधवले केक खानुभयो, अभिर लगाउनुभयो र त्यहीबाट देउवालाई फोन गर्नुभयो र प्रधानमन्त्रीको प्रस्ताव गर्नुभयो । भोलिपल्टका सबै कार्यक्रम स्थगित गरी सिधै देउवा निवास पुगेर ओली हटाउने र नेकपा सिध्याउने मिसनमा सफलताउन्मुख भएको भंगीसहित देश चलाइदिन र आफूहरुलाई पनि मन्त्री बनाइदिन बिनय गर्नुभयो । तर देउवाले त्यस्तो आकर्षक प्रस्तावलाई त्यही राखिएको डस्टविनमा फालिदिनुभयो । हिजो प्रचण्डबाट धोका खाएको स्मरण गर्दै धोकेवाजको प्रस्ताव पनि फेरी धोकाधडीबाटै सृजित भएको भन्दै परोक्ष भाषामा पार्टीमा छलफल गर्ने टालटुले जवाफ लिएर २० मिनेटमै फिर्ता पठाइपदिनुभयो । उता, महन्थ ठाकुर र राजेन्द्र महतोले तपाइहरुको पार्टी कुन हो, नेता को हो भनेपछि रातोपिरो अनुहार लगाएर नाजावाफ भएर फर्किनुभयो । बिचारा प्रचण्ड माधवका दुःख पनि कति कति । लड्डु खाइहाल्नुभयो, बिजयीको सिन्दुर पहिरिनुभयो तर यता हात लाग्यो शुन्य । त्यतिमात्र होइन, संसदीय दलमा रहेका उहाँहरुका भनिएका सांसद धमाधम मुल नेकपातिर फकिर्न थाल्नुभयो ।

देउवासँग भेटेर उहाँहरुले सत्ता साझेदारीका बिषयमा गरेको हारगुहारलाई अन्य नेता र कार्यकर्तालाई लाजको अनुभूति भयो । आफनै दलको सक्रिय प्रधानमन्त्री हटाएर सुतेर बसेको अर्काको पार्टीको नेतालाई प्रधानमन्त्री बनिदिनुपरयो भन्नु जनमतको अपमान होइन ? जनताले ५ बर्षका लागि स्थिर सरकार होस र विकास निमार्णको कार्यले तिब्रता पाओस भन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोट दिएका थिए । जनताबाट निर्वाचित सरकारलाई हटाएर, जनताले अहिले सरकारमा नजाउ भनेको दल या पार्टीलाई सरकारमा लैजानु भनेको जनमतको अपमान हो ।

सत्ता साझेदारीकै विषयमा छलफल गर्न प्रचण्डले बोलाएको राजपा नेताले प्रचण्डको पार्टी कुन हो भनेर सोधे । राजेन्द्र महतोले सहकार्य गर्नुअघि प्रचण्डलाई पार्टी क्लियर गर्न सुझाव दिनु कति लाजमर्दो नी  । नेकपाकै नेता झलनाथ खनाललाई एक टेलिभिजन अन्तरवार्तामा सोधियो,–‘तपाई राष्ट्रपति बन्नका लागि कत्तिको तयार हुनुहुन्छ ? उहाँको जवाफ थियो, अब साथीहरुले जे भन्नुहुन्छ । तर म चाहि १ लाख प्रतिशत तयार हो ।’ हेर नेताहरुको स्तर र मिसन ।

प्रतिनिधि सभा पुर्नस्थापनासँगै सांसद्हरूलाई खरिदबिक्री गर्दै विदेशीको इशारामा निर्देशित सरकार बनाउने र प्रतिनिधि सभालाई फोहोरी खेलको अखडा बनाउने षडयन्त्र पनि सुरू भयो । प्रधानमन्त्री ओलीको बिरोध गदै आफनै पार्टीको सरकार हटाएर अन्यकसैलाई प्रधानमन्त्री बनाउने माधव प्रचण्डको महत्वकांक्षी अभियानमा नेकपाका नेता कार्यकर्ता त्यसको मतियार किन बन्छन ? बिचरा प्रचण्ड माधव, हेर हरिबिजोग ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

Top