पश्चिम नेपाल शैक्षिक परामर्श संगठनको अध्यक्षमा शर्मा

फाल्गुन १५,दाङ ।दाङमा पश्चिम नेपाल शैक्षिक परामर्श संगठन (डब्लुयनसिओ) गठन गरिएको छ । जसको अध्यक्षमा `मितेरी एजुकेसन घोराही ´का संचालक कुलदिप शर्मा चयन हुनुभएको छ।त्यसैगरी उपाध्यक्षमा `क्योदाई मल्टिप्रपोज घोराही ´का सुर्य बहादुर के.सि ,सचिव` मिलिजुली एजुकेसन तुल्सिपुर ´का सौरभ शर्मा , सह-सचीव` गोयल एजुकेसन लमही´का पोषन अधिकारि र कोषाध्यक्षमा `ओसिस एजुकेसन तुल्सिपुर ´का प्रतिक रेग्मी चयन भएको छ।

यसैगरि सदस्यहरुमा `सेवा एडुकेएर कन्सल्टेन्सी´का मनोज पौडेल ,`फुजि एजुकेसन घोराही ´का लक्ष्मण प्रसाद शर्मा ,`ओपन स्काई तुल्सिपुर´का सन्तोष सुनार र `ओहयो एजुकेसन तुल्सिपुर´का तलित कुमार वलि चयन हुनुभएको छ।यसै पश्चिम नेपाल शैक्षिक परामर्श संगठनको सल्लाहकारमा `एड्भान्स एकेडेमी घोराही ´ का छवि गिरि र `राइतपाठ तुल्सिपुर´ का मेघराज वलि गरि दुई जना चयन हुनु भएको छ।आज घोराहीमा बसेको भेलाले शैक्षिक परामर्शको नाम `पश्चिम नेपाल शैक्षिक परामर्श ´ राख्ने निर्णय गरिरहेको हो।
पश्चिम नेपाल शैक्षिक परामर्श एक भइ सम्पुर्ण सेवा सुबिधा यहिबाट दिन यो संगठन खोलिएको अध्यक्ष शर्माले बताउनु भयो।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *