कोरोना भाइरस: विदेशमा तीन नेपालीको मृत्यु

काठमाडौं, फागुन १६। कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणबाट मृत्यु भएको हो । यससँगै विभिन्न २१ देशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *