बदलियौ तिमी(कविता )प्रिया नेपाली

आखिरकार बदलियाै तिमी,
समय अनि परिस्थितिलाई पनि छिचोल्दै
बदलियो तिमी
गल्ती यही थियो होइन मेरो,
तिमीलाई आफु भन्दा धेरै माया गरे
बधाई छ मलाई आखिर मैले पनि धोका पाए।
त्यो मान्छेबाट जसले म आफूलाई भन्दा धेरै चाहे
त्यो मान्छेबाट
जसलाई म
कुनै शब्दमा वर्णन गर्न नसक्ने माया गरे
हो….!आज उसैले मलाई धोका दिएछ
सजाय दिएछ आफूलाई धेरै माया गरेको थिए
कोही छैन तिमी बाहेक भन्थेउ
आफूलाई भन्दा धेरै माया गर्छु भन्थ्यो
आफुलाई भन्दा धेरै चाहान्छु भन्थ्यो
मेरो लागि सारा सन्सार तिमी हौ भन्थ्यो
अनी आज हेर त
त्यही संसारलाई तिमी कसरी लत्याउँदै छौ
त्यहि माया र विश्वासलाई कसरी टुक्र्याउने छौ
सक्छौं भने नियालेरर हेर आफूलाई सक्छौ भने
कहाँ गए तिम्रो त्यो माया
जो तिमी आफै सन्सार हो भन्थ्यो
हेर त कति बदलिय छौ तिमी
बधाई छ तिमीलाई पनि
मेरो माया मार्न सकेकोमा
भन्दैछ आफूलाई समयअनुसार बदल्न नसकेको मा

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *