काठमाडौँ । अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वली नेकपा मार्चण्ड समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने तयारीमा हुनुहुन्छ । नेता पनतलाई वलीले मानहानीको मुद्दा दायर गर्न लाग्नुभएको हो । उहाँले आफू अदालत जाने तयारी गरिरहेको बताउनुभयो । नेता पन्तले पिडुँला देखाएका भरमा वलीलाई सांसद बनाइएको भन्दै टिप्पणी गरेका थिए। एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको अभिव्यक्रि दिनुभएको थियो । पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ भने पन्तको व्यापक विरोध भइरहेको छ। वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको बताउनुभएको छ । ‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुभएको छ । ‘विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ। यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होलारु’वलीले लेख्नुभएको छ । वलीले पूर्विया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको र प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको बताउँदै एकअर्काको आदर सम्मान नगरिए समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुने उल्लेख गर्नुभएको छ ।

काठमाडौँ । अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वली  नेकपा मार्चण्ड समूहका नेता रघुजी पन्तविरुद्ध  अदालत जाने तयारीमा हुनुहुन्छ । नेता पनतलाई वलीले मानहानीको मुद्दा दायर गर्न लाग्नुभएको हो  । उहाँले आफू अदालत जाने तयारी गरिरहेको बताउनुभयो ।

नेता पन्तले पिडुँला देखाएका भरमा  वलीलाई सांसद बनाइएको भन्दै टिप्पणी गरेका थिए।  एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको अभिव्यक्रि दिनुभएको थियो ।

पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ भने पन्तको व्यापक विरोध भइरहेको छ।

वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको बताउनुभएको छ ।  ‘नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुभएको छ ।   ‘विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ। यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होलारु’वलीले लेख्नुभएको छ ।

वलीले पूर्विया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको र प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको बताउँदै एकअर्काको आदर सम्मान नगरिए समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुने उल्लेख गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

Top