डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाईनलमा भिड्ने

दाङ । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजनामा जारी प्रतियोगिता को मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५-२०,२५-१६ र २५-१० अर्थात् ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलाली ले फाईनल यात्रा तय गरेको हो ! त्यस्तै उल्लेख्य दर्शक ले खचाखच भरिएको खेल मैदान मा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डागी फाउन्डेसन तुलसिपुर लाई २५-१७,२५- १९ र २५ -१८अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाईनलमा डल्फिन फिड कैलाली संग को उपाधी भिडन्त पक्का गरेको हो ! उपाधी होडमा रहेका दुबै टिम मा रास्ट्रीय खेलाडिको वर्चस्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ! खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समिती का संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्द ले जानकारी दिए !

त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डागी फाउन्डेसन तुलसिपुर र पिवाईसी रुकुम भिड्नेछन् ! यसैबीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथी बिच बिहान १० बजे खसी बाजि प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्द ले जानकारी दिए ! प्रतियोगिता अबधिभर रेफ्री को भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा रहनु भएकोछ भने स्कोररम भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी र रितु चन्द, अर्जुन रोका रहेका छन् !
सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्य लिएरआयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ !

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित
प्रतियोगिता को बिजेता,उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख,पचास ,पच्चीस र १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक ले जानकारी दिएको छ !

यसैविच आयोजक ले बुधबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोह मा उल्लेख्य उपस्थिका लागि खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उधोगी, ब्यबसायी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ !

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *