प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक शुरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी को प्रचण्ड – नेपाल गुटको स्थायी समिति को बैठक कोटेश्वरको पेरिसडाँडामा शुरू भएको छ।

स्थायी समितिको बैठकले आज दिउँसो १ बजे हुने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ।

प्रतिनिधिसभाको पुनःस्थापना र भविष्यको रणनीति तयार पार्ने सम्बन्धमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारि दिए ।

विघटन भएको प्रतिनिधिसभाको पुनःस्थापना सम्बन्धी सर्वोच्च अदालतको निर्णयबाट प्रोत्साहित प्रचण्ड -नेपाल गुट अब मुख्य विपक्षी नेपाली कांग्रेस संग मिलेर नयाँ सरकार गठन गर्ने तयारी मा रहेका छन् ।

पार्टीले आजको बैठकमा परिचय पत्र र नागरिकतासहित उपस्थित हुन आफ्नो समूहका नेता हरुलाई निर्देशन दिएका छन।

सोमबार प्रचण्ड नेपाल गुटका नेताहरु राजेन्द्र प्रसाद पाण्डे, राम नारायण बिडारी र लीलामणि पोखरेल आयोगको कार्यालय पुगेका थिए । कार्यालय पार्टीको सत्यतालाई छिट्टै समाधान गर्न जोड दिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *