नेकपाका युवा नेता साहको पहलमा ईश्वरपुरमा ५ करोडको लागतमा सडक कालोपत्रे हुने

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा(नेपाल कम्युनिष्ट पार्टी) प्रधानमन्त्री केपी समुहका युवा नेता चन्द्र भुषण साहको पहलमा ५ करोडको लागतमा ईश्वरपुर नगरपालिकामा नाला सहित कालोपत्रे हुने भएको छ ।

सर्लाहीको ईश्वरपुर निवासी युवा नेता साह नेपाल सरकारका शहरी विकास मन्त्री प्रभु साहका सल्लाहकार तथा नेकपाका प्रभावशाली एवं लोकप्रिय युवा नेता हुन । साहको विशेष पहलमा सर्लाहीको ईश्वरपुर नगरपालिकाको राईटरखोर – तिसबिघा – नयाँटोल – चौलिखा – शंकरगंज सडक खण्डमा नाला (ड्रेन) सहितको कालोपत्रे निर्माण हुने भएको छ । सडक कालोपत्रे कार्यको लागी शहरी विकास मन्त्रालय मातहतको संघीय आयोजना कार्यन्वयन ईकाई, जनकपुर कार्यालयले पहिलो चरणमा रु. ५ करोड़ रकम बराबरको औपचारिक ठेक्का अह्वान समेत गरिसकेको छ ।

युवा नेता साहकै अगुवाईमा केही दिन पहिले संघीय आयोजना कार्यन्वयन ईकाई, जनकपुर कार्यालयको प्रमुख प्रदिप खनाल नेतृत्वको टोलीले सर्भे तथा नापी कार्य सफलतापूर्वक गरी डिपिआर रिपोर्ट समेत तयार पारेको थियो ।

जनपक्षीय विकास निर्माणको कार्यमा निरन्तर सक्रियतापूर्वक लागेको भन्दै युवा नेता चन्द्र भुषण साहलाई ईश्वरपुरका स्थानियवासीहरुले सरहाना गर्दै धन्यबाद समेत दिएका छन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *