हिजो १ हजारले घटेको सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, फागुन २१। नेपाली बजारमा सुनको मूल्य निरन्तर घटेको छ । हिजो विहीबार मात्र १ हजारले घटेको सुनको मूल्य आज फेरि ९ सय रुपैयाँ घटेको छ । बुधबार ५ सयले सुनको मूल्य बढेपनि यस अघिदेखि निरन्तर घटिरहेको छ ।आज ९ सयले घटेसँगै सुनेको मूल्य तोलामा ८५ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको मूलय पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *