नारायणगढ–मुग्लिन सडक खण्ड: भोलीदेखि एक हप्ता दिउँसो बन्द हुने

चितवन, फागुन २२। पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न फागुन २३ गते भोलीदेखि २९ गतेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसको समयमा बन्द गरिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक एकहप्ता बन्द गर्न लागिएको जनाएको छ।सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिनुभयो। उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभयो। यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो।सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ। उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *