मौलापुरकी मेयर साहको संकल्प-‘पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छोडछौँ’

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् ।

ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने बताउदै मेयर साहले विदेशी पर्यटकको लागि पनि उत्कृष्ट गन्तव्य निर्माणमा नगरपालिका लागिपरेको बताईन् । हजारौँ वर्ष पुरानो इतिहास रहेको प्रमाणसमेत भेटिएकोले सो मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले हरसम्भव प्रयास गरेको बताउदै मेयर साहले अब अन्य तहले समेत साथ दिनुपर्ने बताइन् । नेपालमा जम्मा १० वटा सम्पदालाई विश्व सुचीमा राखिएकोले अब अर्को गन्तव्य पुरातात्विक मन्दिर बन्ने मेयर साहको विश्वास छ । आफ्नो अभियानमा साथ दिन मेयर साह आम नागरिकलाई आह्वान गरिन् ।

“पतौरा महादेव मन्दिर हाम्रो धर्तीको गौरव हो । मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दे गएको हो । यस मन्दिरको प्रवर्द्धन र विकासको लागि हामीले विभिन्न प्रयास गरिरहेका छौँ । एउटा नगरपालिकाले गर्न सक्ने जति हामीले गरिरहेकै छौँ । यसका लागि अब अन्य पक्ष लाग्न पनि त्यतिकै जरुरी छ ।” मेयर साहले भनिन्, “म आह्वान गर्न चाहन्छु, यस मन्दिरलाई विश्व सम्पदाको रुपमा सुचीकृत गराउन मलाई साथ दिनुस् । ”

“मन्दिरको पुरातात्विक इतिहास जानकारी लिन मन्दिरको उत्खनन् गरायौँ । धेरै प्रमाण भेटिए, मन्दिर कर्नाटक कालको रहेको देखियो । पछि विदेशी टोलीले अन्वेषण गर्दा त्यो भन्दा पनि पुरानो हुन सक्ने भनिएको छ । कुनै कालखण्डमा यहाँ एउटा समृद्ध शहर रहेको प्रमाण पनि फेला परेको छ । यसले नै यस मन्दिरलाई विश्व सम्पदा बन्ने आधार तयार गरेको छ ।” मेयर साहले थपिन्, “मन्दिरकैJ प्रवर्द्धनका लागि हामीले गत वर्ष देखि मधानी महायज्ञको आयोजना गर्न थालेका छौँ । सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हामीले कार्यक्रम गरेर मन्दिरबारे संसारलाई जानकारी दियौँ । यसलाई निरन्तरा दिदै जानेछौँ । यसमा साथ दिन म सबैसँग अनुरोध गर्न चाहन्छु । ”
सरकारले सो मन्दिरलाई सय पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरेको छ । भगवान शिवको उक्त मन्दिरमा पछिल्लो समय नेपाल तथा भारतीय भक्तालुहरुको व्यापक हुन थालेको छ । केही समय अघि बेलायती अन्वेषण टोलीले त्यहाँ विशेष अवशेष भेटाएका थिए । कोरोना महामारी आएपछि त्यसको विस्तृत् प्रतिवेदन आउन सकेको छैन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *