सत्तापक्षकै बेन्चमा बस्ने दुई खेमामा बाँडिएका नेकपाका सांँसद

काठमाडौं । दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।

औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा ओली समूह र दाहाल–नेपाल समूहलाई सत्तारुढ दल कै बेच्नमा देखिने भएको हो ।

बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने संसद् सचिवालयले जनाएको छ । संसदमा सत्तापक्ष, प्रतिपक्षी र मन्त्रीलाई तीनवटा सेटमा छुट्याइएको हुन्छ। नेकपाका कानूनी रुपमा विभाजन नभएकाले सबै सांसद सत्तापक्षकै बेन्चमा बस्नु पर्ने भएको हो ।

राष्ट्रियसभाको बैठकमा पनि एकै ठाउँमा बस्ने व्यवस्था गरेको सचिवालयले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *