दाङमा पत्रकारिता बहस

मुना खनाल
फाल्गुन 23 दाङ ।आइतबार घोराहीमा पत्रकारिता बहस भएको हो।सञ्चार समुह दाङको आयोजनामा भएको `आजको पत्रकारिता बहस ´कार्यक्रममा बोल्ने वक्ताहरुले जिम्मेवार पत्रकारिताको खाचो भएको बताउनु भयो। पत्रकारको क्षमता बिकासको लागि मिडिया हाउसमै पुगेर तालिम संचालन गर्न लागेको नेपाल पत्रकार माहासङ्घका अध्यक्ष सबिन प्रियासनले बताउनु भयो।पत्रकारितामा राम्रो अवसर भएको र नया प्रवेशि पत्रकार हतास हुनु पर्ने बताउनु भयो ।अध्यक्ष प्रियासनले पत्रकारको दीर्घकालीन सुरक्षाको लागि ६० माथिका पत्रकारलाई पेन्सनको योजना अघि सरेको बताउनु भयो।

रेडियो स्वोर्गद्वारीका सम्पादक बसुन्धरा गौतमले पत्रकारको क्षमताको बिकास र पेशागत सुरक्षाको लागि मिडिया हाउसका मालिक गम्भीर बन्न नसकेको बताउनु भयो।खोज पत्रकारिताको लागि मिडिया हाउसले लगानी लगाउनु पर्ने बताउनु भयो।उहाले न्युनतम पारिश्रमिक दिन आनाकानी गरेको बताउनु भयो।
पत्रकार तथा मिडिया हाउसले नागरिकको अपेक्षा अनुसारको समाचार दिनु पर्ने नया युगबोधका सम्पादक लक्ष्मी आचार्यले भन्नू भयो।उहाले पत्रकारको कलमले समाज परिवर्तन हुने र नागरिकमा समस्यालाई सरकार समक्ष लैजानु पत्रकारिताको धर्म भएको बताउनु भयो।

कान्तिपुर दैनिकको उपसम्पादक दुर्गालाल केसीले पछिल्लो समय प्रबिधिले पत्रकारितालाई चुनौती र अवसर दुबै भएको बताउनु भयो।त्यसैगरी पत्रकारितामा देखिएका समस्या र समाधानको उपायबारे गरिएको बहसमा प्रेस काउन्सिलका सदस्य शरद अधिकारिले मिडिया हाउसले बेलाबेला समिक्षा गर्न आवश्यक बताउनु भयो।

 

सञ्चार समुह दाङको अध्यक्ष दिपक जि.एमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारले जिम्मेवार पत्रकारिता आवश्यक रहेको जोड दिएको छन् ।सञ्चार समुह दाङको कोषाध्यक्ष बिमला घर्तीको मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जितसागर जि.एम , छबि पुरी र आभाष बुढाथोकीले गर्न्नु भएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *