बस र माेटरसाइल ठाेक्किदा एककाे मृत्यु, एकजना गम्भीर घाइते

शिवु खनाल
देउखुरी, २३ फागुन
बस र माेटरसाइकल एक आपसमा ठोक्किदा दाङमा एकजना युवककाे मृत्यु भएको छ भने अर्का एकजना युवक गम्भीर घाइते भएका छन् ।

आइतवार राति दश बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेकाे ना ४ ख ९०१६ नम्बरको बसले अनटेष्ट बुलेट माेटरसाईकललाई एक आपसमा ठोक्किदा माेटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापाकाे मृत्यु भएको छ भने ३० वर्षिय तिलक थापा गम्भीर घाइते भएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको मुख, हात र खुट्टामा गम्भीर चाेट लागेको छ । घाइतेलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । मृतकको शव पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *