अनेरास्ववियू घोराही नगर कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


हिमाल महरा
घोराही २४ फाल्गुन
घोराहीमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै अनेरास्ववियू घोराही नगर कमिटीको आयोजनामा आपतकालिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू घोराही नगर कमिटिका अध्यक्ष हिमाल महराको अध्यक्षता एबम अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेलको प्रमुक आतिथ्यतामा भएको कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने हरुमा गिरबहादुर महरा , निस्चल केसि , हिमाल महरा , नवीन श्रेष्ठ , लेनिन आचार्य , माया आचार्य , सन्दिप जिएम , राजेस खनाल , भुबन पुन , आकास बिस्वकर्मा , सन्तोश दाहाल , अन्कित गुप्ता, अशोक भुसाल , बिपुल भन्डारी रहनु भएको अनेरास्ववियू घोराही नगर कमिटिका अध्यक्ष हिमाल महरा ले जानकारी दिनु भयको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *