‘एसईई’ परीक्षा आगामी जेठ १३ गतेदेखि संचालन हुने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा ‘कक्षा १०’ को

एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *