जखेतालमा डुङ्गा सफारीका लागि आउने पर्यटकको रोजाइ


शिवु खनाल
दाङ, २६ फागुन
दाङको प्रसिद्ध पर्यटकिय क्षेत्र बाह्रकुने दह र पाण्डवेश्र धारपानी घुम्न भनेपछि घोराहीमात्रै सम्झने पर्यटक अहिले देउखुरीको जखेराताल तर्फ आकर्षित हुन थालेका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुबाङबाट एक्काइस किलोमीटरको दुरिमा रहेको जखेराताल चुरे पहाडको काखमा अवस्थित रहेको छ । तालमा डुङ्गाबाट सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो । जखेरातालमा डुङ्गा सफारीसहित अन्य गतिविधि पिकनिक, नाँचगानमा रमाउने पर्यटकको रोजाइ हुने गरेको ताल संरक्षण समितिका महासचिव लोकमणी बन्जाडेले बताउनुभयो । कोरोना भाइरस (कोभिड १९) का कारण जखेराताल प्रवेशमा करिब सात महिना रोक लगाइएको थियो । खुला गरेसंगै दिनप्रतिदिन पर्यटकहरुको संख्या बढ्दै गएको छ ।
ताल अवलोकन तथा ढुंगा सफारीको लागी बर्सेनि पाँच लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । दैनिक आठ देखि दशवटा बस पर्यटक लिएर जखेराताल छिर्छन्, महासचिव बन्जाडेले भन्नुभयो । तालमा डुङ्गा सफारी गरि मन्दिर दर्शन गर्न उपयुक्त भएसँगै जखेरातालमा पर्यटकको संख्या बढ्दै गएको महासचिव बन्जाडेले बताउनुभयो । जखेरातालमा थप पर्यटकीय गतिविधि सञ्चालन गरेर आउने पर्यटकको बसाइ लम्ब्याउने, जखेरातालमा आगमन बढाउने विषयमा समितिमा छलफल भइरहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठान सदस्य केशवराज पोख्रेलले बताउनुभयो । लमही नगरपालिका वडानम्बर तीन टिकुलिगण जखेरातालस्थित प्रसिद्ध धार्मिक स्थल शिव मन्दिर दर्शन गर्न आउने तिर्थालुहरूको संख्या बढ्दै गएको छ ।
शिव मन्दिरको दर्शन र घुम्नको लागि प्रायःजसो शुक्रबार र शनिबार यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । पहिलेकै जस्तो चहलपहल बढ्दै गएको छ, महासचिव बञ्जाडेले भन्नुभयो । उहाँले भन्नुभयो,–। ‘जखेराताल अवलोकन गर्न आउने पर्यटकहरू तालमा रहेको दुईवटा ढुंगाबाट शिव मन्दिरको दर्शनको लागि जान्छ भने कोही तालमा सररर डुङ्गाबाट परिक्रमा गरेर मनोरञ्जन लिने गर्छन् ।’ जखेराताल अवलोकन गर्नको लागि पश्चिम बाँके, बर्दिया, कैलाली, कञ्चनपुरबाट बढी पर्यटकहरू आउने गरेको छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको महासचिव बञ्जाडेले बताउनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *