नेपालयन खबरको सम्पादकमा डाँग

अबिसेक डाँगी/काठमाडौं । नेपालयन खबर डट कमको सम्पादकमा नीराजन डाँगी नियुक्त भएका छन् ।

नेपालयन खबर प्रा.लिको सञ्चालक समिति बैठकले डाँगीलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्ष भागवत भट्टराईले बिहीबार कार्यालयमा आयोजित एक समारोहका बीच डाँगीलाई स्वागत गरे । अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै अध्यक्ष भट्टराईले डाँगीको सम्पादकीय नेतृत्वमा नेपालयन खबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त सम्पादक डाँगीले नेपालयन खबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिसँग प्रश्न गर्छौं । गडबडी, भेदभाव र अन्याय सधैं हाम्रा कभर स्टोरी हुुनेछन् ।’

एक दशकदेखि पत्रकारितामा सक्रिय डाँगी दाङको रेडियो तुलसीपुरको प्राबिधिक प्रमुख समेत हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *