आज देखि सुरु हुँदै दङ्गिशरणमा रास्ट्रपति रनिङ शिल्ड

दाङ । दङ्गिशरण गाउँपालिका स्तरिय तेस्रो तथा १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ आज देखि सुरु हुदैछ!
दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुली को संयोजनमा संचालन हुने प्रतियोगिता को उद्घाटन अहिले बिहान १० बजे गर्ने कार्यक्रम रहेको छ !

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र/छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समिती शाखा प्रमुख बिनोद अधिकारी ले जानकारी दिनु भएको छ !

प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्र का सामुदायिक तथा निजि गरि ७ बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् !

यसैबिच प्रतियोगिता सयोजनको जिम्मा पाएको बिरेन्द्र माबी हेकुलि ले रनिङ शिल्ड प्रतियोगिता को तयारी लाई तिब्र पारेको छ ! प्रतियोगिता लाई भब्य एवं सभ्य तवर ले सम्पन्न गर्न गाउँपालिका अध्यक्ष भागी राम चौधरी को अध्यक्षता मा बुधबार बसेको अन्तिम तयारी बैठक ले दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी संयोजकत्वमा बिरेन्द्र माबी हेकुलिका प्रधानाध्यापक खिमराज खनाल सदस्य र सम्बन्धित खेलको मुख्य रेफ्री हरु सदस्य रहेको प्राबिधिक टिम गठन गरेको छ !

त्यस्तै बैठक ले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०,१५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय समेत गरेको छ ! बैठकमा प्रथम, दोस्रो गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको निष्कर्श निकालेको गाउँपालिका यतिबेला तेस्रो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरी ले बताउनु भयो !

हामीले रनिङ शिल्ड प्रतियोगिता लाई खेलकुद महोत्सव का रुपमा लिएका छौ यो बालबालिका को सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो त्यसैले गाउँपालिका मा रहेका ४ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारी का लागि सहयोग स्वरुप गाउँपालिका ले बिनियोजन गरेको एक लाख रुपैयाँ २५ हजारका दर ले प्रदान गरेको अध्यक्ष चौधरी ले बताउनु भयो !

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *