डाटा सुरक्षा र साइबर अपराध नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौतीः कार्यकारी निर्देशक डा. गिरी

जनादेश, गुल्मी । डाटा सुरक्षा र साइबर अपराध नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठाका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले बताएकाछन् । नेपालमा कम्प्युटर र सूचना प्रविधिको प्रयोग गरेर गरिने अपराधमा वृद्धि हुँदै गइरहको विभिन्न अध्ययनले देखाएको छ  उनले भने।

 

नेपाल सरकारले विधुतीय शासन र विधुतीय सरकारको अभ्यास गर्दै गरेको बर्तमान सन्धर्वमा साइवर अपराधलाई नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको छ । दैनिक कामकाजमा प्रयोग गरिने डाटाहरु र व्यक्तिगत डाटाहरु सामाजिक संञ्जाल, कलाउड, सेकेण्डरी र सरर्भर आदिबाट चोरीहुने र गलत रुपमा प्रयोग हुने सम्भावना पनि त्यतिकै बढदो छ । यसलाई समयमै नियन्त्रण गर्ने उपायको खोजी गर्नु अहिलेको आवश्यकता हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठाले तम्घास, गुल्मीमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि रेसुड.गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषालले प्रविधिको प्रयागे गरेर दैनिक कामकाज गर्न सके सेवाग्राहीको तर्फबाट जनगुनासो कम हुने बताए । कार्यक्रममा रेसुड.गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीले प्रविधिको प्रयोगले राज्यमा सुशासन कायम राख्न सहयोग पुग्ने र कर्मचारीहरुको कार्यसम्पादन प्रभावकारीतामा समेत वृद्धि हुने कुरा बताएका छन् । साथै कर्मचारीमा जिम्मेवारी बोध भएमा सरकारी डाटा र सुचना चोरी हुनबाट रोक्न सकिने बनाए ।

 

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले सुशासनका लागी विधुतीय शासन र सुचना प्रविधिको प्रयोग विषयमा तालीम आवश्यकता पहिचान सम्बन्धी अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा रेसुड.गा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो

 

बउक्त कार्यक्रममा सुचना प्रविधि, डाटा सुरक्षा,साइबर अपराध र नियन्त्रण लगाएत अन्य विषयमा सहभागीहरुका तर्फबाट सोधिएका प्रश्नहरुको जवाफ कार्यक्रमका अध्यक्ष कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले दिएका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *