हतियारसहित वैद्य निकट माओवादीका केन्द्रिय नेता बाँकेबाट पक्राउ

 बाके फागुन २९ । बाँकेबाट हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम थारु पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ जबरपुर घर भएका थारु आज विहान आफ्नै घरबाट पक्राउ परेका हुन ।

प्रहरीले दिएको जानकारी अनुसार थारुको घरबाट १ थान कटुवा पेस्तोल, १ थान १२ बोर बन्दुक, २ थान भरुवा बन्दुक र त्यसमा लाग्ने गोलीगठ्ठासँगै ३ थान जरायोको सिंग समेत बरामद भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले पछिल्ला केही दिनदेखि थारु घरमा रहेको र उनको घरमा ठूलो मात्रामा हतियार समेत रहेको सुराकीको आधारमा प्रहरी टोलीले खोजविन गर्दै जाँदा शनिवार विहान पक्राउ गर्न सफल भएको बताउनुभयो ।

उहाँले बैजापुर प्रहरीको सहयोगमा सो अप्रेसन सफल भएको जनाउँदै थप अनुसन्धान र सोधपुछ गर्ने कार्य भैरहेको बताउनु भयो । पक्राउ परेका थारु यस अघि भएको निर्वाचनमा बाँकेको क्षेत्र नम्बर १ बाट प्रदेशसभाको सदस्य र राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा सेमत उम्मेदवार बनेका थिए ।

यस्तै बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले सो घटनाको पुष्टि गर्नुभएको छ। उहाँले प्रहरीले ऋषिराम थारुको घरबाट केही थान हतियार सहित थारुलाई पक्राउ गरेको बताउनुृभयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *