कोभिडले पनि नेपालको विकासलाई रोक्न सकेन : प्रधानमन्त्री ओली

काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपालको विकासलाई कोभिडको महामारीले पनि रोक्न नसकेको बताउनुभएको छ । शनिबार एमाले निटक महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोभिडको महामारीले पनि नेपालको विकासलाई रोक्न नसकेको उहाँले बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोभिडको महामारीले नेपालको विकासमा रोक्न सकेन । विरोधीहरुले प्रतिरोध गरे पनि विकासमा रोक लागेन । मेलम्चिको पानी अब केही दिनमै सबैको धारामा आउँछ ।’

विकसित देशको तुलनामा नेपालमा महिलाको सहभागी दुई गुणाले बढेको पनि उहाँले बताउनुभएको छ । ३३ गुणाको संख्याको सहभागिता पूर्ण रुपमा कार्यान्वयनमा आएर यति छोटो समयमा महिलाको सहभागिता बढ्नु खुसीको कुरा रहेको उहाँको भनाइ छ ।

महिला समाज परिवर्तनका निम्ति विभिन्न आन्दोलनमा सशक्त ढंगले जागरुक भएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । महिलाको उक्त जागरणलाई अझ अगाडी बढाउनुपर्ने बताउदै यसका लाथि थप हौसला प्रदान गर्ने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *