चलचित्र पत्रकार संघ दाङको साधारणसभा सम्पन्न

दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको साधारणसभा शनिबार तुलसीपुरमा समन्न भएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्यम पाण्डेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीले पछिल्लो समयमा चलचित्रमा लगानीकर्ताहरु निराष भएकाकारण चलचित्र क्षेत्रको विकास हुननसकेको बताएका थिए । त्यसैगरी उनिहरुले तुलसीपुरलाई चलचित्र नगरिकारूपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निर्वतमान अध्यक्ष ध्रुवराज न्यौपाने(डिआरएन), फिलिम निमार्ता ऋषिराज आचार्य, तुलसीपुर मेट्रो कलेका प्रिन्सीपल वसन्त आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहार दुर्गालाल केसी, नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, रिपोर्स क्लवका अध्यक्ष शरद रेग्मी, गारखा माध्यामिक विद्याय तुलसीपुरका प्रिन्सीपल विजय जिएम, तुलसीपुर नगर जेसीजका अध्यक्ष नारायण भट्टराई, महिला अधिकारकर्मी सुष्मा गिरी, रोटरी क्लबका पूर्व अध्यक्ष तुफानबाबू श्रेष्ठ , एन प्यावस दाङका अध्यक्ष बिमल गौतम सिस्नोपानी दाङका अध्यक्ष डा.लोकराज पराजुली, रोल्पा बिज्ञान समाजका अध्यक्ष मान बहादुर बस्नेत, संस्थापक उपाध्यक्ष चेतन रेग्मी नेपाल पत्रकार महा संघ दाङकी सह सचिव शर्मीला डिसी, ग्रेट अरणीको मा.वि. तुलसीपुरका प्रिन्सीपल बिष्णु प्रसाद आचार्य लगाएतले बोलेका थिए।

कार्यक्रममा पत्रकार द्धोय चेतन रेग्मी र सन्तोष केसीले बुवा–आमाको सम्झनामा ५५ हजारको अक्षकोष स्थापना गर्न चेक हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा चलचित्रमा कलम चलाएको र दाङलाई चलचित्रमा छायाँकनमा विकास गरेबाफत ध्रुवराज न्यौपाने र ऋषराज आचार्यलाई सम्मान गरिएको थियो । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकी सहसविच निरला अर्यालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन उपाध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *