गाउँमै फोकस् सर्फ उद्योग ‘उद्योगलाई प्रोत्साहान गर्नको लागी राज्यबाट लगानीको आवश्यक’

शिवु खनाल
दाङ, २९ फागुन
वैदेशिक रोजगारबाट फर्केका दाङको लमही नगरपालिका वडा नम्बर पाँच लमही निवासी शेरसिङ् खड्काले गाउँमै सर्फ उद्योग संचालनमा ल्याउनु भएको छ । खड्काले करिब एक करोड बीस लाख लगानीमा फोकस् सर्फ उद्योग संचालनमा ल्याउनु भएको हो । लामो समय वैदेशिक रोजगारमा रहनु भएका खड्काले स्वदेश फर्किएपछि उक्त उद्योग संचालनमा ल्याउनु भएको बताउनुभयो । हालै दैनिक आठ देखि दश कुन्टल सर्फ उत्पादन गरेको र जिल्लाको विभिन्न बजारमा खपत गरेको उहाँले बताउनुभयो । बिगत पन्ध्रवर्ष साउदी अरबमा बसेर स्वदेश फर्केर के गर्ने भन्ने अलमलमा परेको बेला स्वदेशमै केही नया उद्यम गरौ भन्ने उदेश्यका साथ सर्फ उद्योग संचालनमा ल्याउने निष्कर्षमा पुगेको खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,–। ‘उद्योग संचालनमा ल्याएको करिब तीन वर्ष पुरा भयो । दैनिक चौबिसै घण्टा सर्फ उत्पादन गर्नुपर्ने भएको बेला केहीबाट अनुदानको व्यवस्था भए सर्फ उत्पादनमा थप टेवा पुग्ने थियोे ।’ जिल्लामै कसैले नगरेको उद्योग संचालन गर्नुभएको खड्का अहिले धेरै मजदुरहरूलाई रोजगारमा जोड्नु भएको छ । उद्योग भित्र अहिले आठ देखि दशजना काम गर्ने मजदुर रहेका छन् । उद्योग प्रवर्द्धनका लागि स्थानीय निकायबाट केही अनुदान तथा ऋणको सहयोग पाउन नसकेको खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,–। ‘कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले गरेको लकडाउनको कारण उद्योग थप मारमा परेको छ । भारतबाट आउने कच्चा पदार्थको मुल्य थप वृद्धि भयो तर, उत्पादन भएको सर्फको मुल्य वृद्धि गर्न बजार प्रतिसपर्धाको कारणले सर्फको मुल्य वृद्धि गर्न नपाउदा उद्योग थप मारमा परेको छ ।’ ‘राज्यले यस्ता साना उद्योगलाई प्रोत्साहान गर्नको लागी राज्यबाट लगानीको आवश्यक देखिन्छ ।’ उद्यम गर्ने युवा–व्यवसायीलाई राज्यले आवश्यक अनुदानको व्यवस्था गर्नसकेमा युवा उद्योग व्यवसायीतर्फ आकार्षित हुने व्यवसायी शसिराम नेपालीले बताउनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *