स्वार्थीहरूले रोक्न खोज्दा पनि तीव्र विकास गरेका छौँ: प्रधानमन्त्री

काठमाडौं, चैत १। प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा हिरिक्क हुने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणको काममा छलाङ मारेको दाबी गर्नुभएको छ। काठमाडौंमा प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै उहाँले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताउनुभयो ।

उहाँले नेपाललाई छिट्टै विकाशिल देशहरुको सूचीमा समाबेश गराउन सक्षम हुने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गर्नुभयो ।

 

उहाँले विकास मात्र होइन दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न निर्देशन पनि दिनुभयो । समृद्द नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको विकासमा ध्यान दिँदा हरेक स्थानीय तहमा एकरएक वटा हेलिप्याड निर्माण गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थलाई ध्यानमा राखेर विकासलाई छायाँमा पार्ने प्रवृत्तीको विरोध गर्नुपर्ने पनि प्रष्ट पार्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *