आँगलागी हुदाँ लमहीमा छवटा घर खरानी


शिवु खनाल
देउखुरी, २ चैत
लमहीमा आँगलागी हुदाँ छवटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार विहान दश बजे विद्युत्को तार सट भइ छवटा खरका छाना भएको घरमा आँगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिनुभयो ।
आँगलागीबाट घरमा रहेको टिभि, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो ।
आँगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिनुभयो । आँगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । गार्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आँगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *