लमहीमा चर्चित गायक चक्र बम आउँदै


शिवु खनाल
दाङ, २ चैत
पश्चिमेली देउडा गायक तथा चर्चित मोडेल चक्र बम सात गते लमही आउन लागेको डिटु–कला केन्द्र लमहीका संयोजक दिपक बर्माले जानकारी दिनुभयो । दाङको लमहीमा जारि देउखुरी डान्सिङ्ग स्टार ग्रेण्ड फिनाले सिजन फोरको फाइनलिष्ट समापन कार्यक्रम गायक बम चैत सात गते लमही आउँन लागेका हुन् । देउखुरी डान्सिङ्ग स्टार सिजन फोरमा बाह्रजना प्रतिपर्धिहरूको सहभागी रहेको छ ।
गायक तथा चर्चित मोडेल चक्र बमको दर्जनौँ भन्दा पश्चिमेली देउडा गितले निकै चर्चा पाएको छ । छोटो समयमा दर्शकहरुको माया अपार पाएका गायक तथा चर्चित मोडेल बमको पाहाडीया बिग्रीयो जाडको झोलमा नच भुन्टी नाच, बम्बई गैजाने, ओए काजल लगायत भन्दा बढी गित स्रोताले मन पराएका हुन् ।
कार्यक्रममा यासी थापा, स्मृति प्रधान, शिखा चौधरी, सपना विक, सुस्मिता कोइराला, प्रतीक्षा पोख्रेल, करिष्मा सुवेदी, सुरक्षा नेपाली, मनिषा पुन, अरूणीमा तामाङ र आम्दा आले चैत सात गते लमहीको सार्वजनिक बगैचामा प्रथम, दितृय र तेतृियको लागि प्रतिसपर्धा गर्ने छन् ।
फाईनलिष्ट कार्यक्रममा नेपालकै चर्चित गायक तथा मोडेल चक्र बम, आधुनिक गायक बिबस न्यौपाने, दाङका चर्चित कार्यक्रम प्रस्तोता एवम् गायक तथा मोडल अनुप बुढा लगायत स्थानीय कलाकारहरूको सहभागी रहने डिटु–कला केन्द्र लमहीका संयोजक दिपक बर्माले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा प्रथम हुनेले पचास हजार म्युजिक भिडियो, दितृय हुनेले तीस हजार म्युजिक भिडियो र तितृय हुनले बीस हजार म्युजिक भिडियो पुरस्कारको व्यवस्था रहेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *