भारतकाे मुम्बई एकेडेमीका प्रमुख क्रिकेट प्रशिक्षक पाटिल लमहीमा


शिवु खनाल
देउखुरी, २ चैत
भारतको मुम्बई क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक दिपक पाटिल क्रिकेट खेलाडीलाई प्रशिक्षण दिनकाे लागि दाङको लमही आइपुग्नु भएको छ ।

दाङ सहित देउखुरी क्षेत्रका सम्पूर्ण क्रिकेट खेलाडीलाई प्रशिक्षण गराउन भारतकाे मुम्बई क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक पाटिल साेमबार लमही आइपुग्नु भएको हाे

राष्ट्रिय क्रिकेट खेलाडी राजबिर सिंहले प्रमुख प्रशिक्षण दिपक पाटिललाई देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लमहीमा स्वागत गर्नुभएको छ ।

आर.एस क्रिकेट एकेडेमीका चाैतिसजना महिला तथा पुरूष खेलाडीले मैदानमा फुलमालाले स्वागत गरेका हुन् । राष्ट्रिय क्रिकेट खेलाडी राजबिर सिंहका अनुसार प्रशिक्षक पाटिलले लमही, घाेराही र तुलसिपरका क्रिकेट खेलाडीलाई दशदिन सम्म क्रिकेट सम्बन्धि प्रशिक्षण दिने जानकारी दिनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *