एमाले घोराही २ को अध्यक्षमा चौधरी

दाङ, चैत ३ । नेकपा (एमाले) घोराही उपमहानगरपालिका वडानम्वर २ को अध्यक्षमा बिपतराम चौधरी अध्यक्ष चयन हुनुभएको छ । हिजो सम्पन्न भेलाले चौधरीको अध्यक्षतामा ४१ सदस्यीय वडाकमिटी चयन गरेको हो ।

कमिटीको सचिवमा प्रकाश न्यौपाने चयन हुनुभएको छ । ज्येष्ठ नागरिक नवराज पोख्रेलको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य नरुलाल चौधरीले दशौं महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

पार्टीका गतिविधि शुन्य हुँदा सरकारले सम्पादन गरेका कामहरु जानकारी जनतामाझ पुग्न नसक्दा बिपक्षीहरुले भ्रम फैलाइरहेको भन्दै भेलाका प्रमुख आतिथिसमेत रहनुभएका चौधरीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरेका विकास निर्माणको कामको बारेमा जनताहरुलाई जानकारी दिने कार्यमा पार्टी कमिटी लाग्नुपर्ने बताउनुभयो ।

 

भेलामा प्रदेश कमिटीका सदस्य तथा जिल्ला संगठन कमिटीका उपाध्यक्ष राममणि पाण्डे, प्रदेश कमिटी सदस्य विवेक श्रेष्ठ, जिल्ला सचिवालय सदस्य तथा घोराही उपमहानगर संगठन कमिटी अध्यक्ष भुवन चौधरी, जिल्ला सदस्य केशव आचार्यलगायतका नेताहरुले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *